
काठमाडौँ, असार ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वका भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ रहेको बताएका छन् ।
प्रतिनिधिसभामा चलिरहेको विनियोजन विधेयकमाथिको छलफलमा मंगलबार परराष्ट्र मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले भने , ‘नेपालको अन्तर्राष्ट्रिय सीमाबारे हामी सबै स्पष्ट र दृढ छौँ। २०७७ असार ४ मा संविधान संशोधन गरेर निसाना छाप अद्यावधिक गर्दा साझा सहमति जुटेको थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, लिपुलेक कालापानी लगायत महाकाली नदी पूर्वको सीमा नेपालकै हो भन्ने कुरामा सरकार दृढ छ।’
प्रधानमन्त्री दाहालले आफनो भारत भ्रमणका क्रममा नेपाल -भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको उनले बताए । सीमा लगायतका सबै संयन्त्र सक्रिय पारेर यथाशीघ्र समाधान गर्न भारतीय प्रधानमन्त्री सहमत भएको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे