
काठमाडौँ , ९ असार | संसदका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिबी राईको ‘लोकेसन पत्ता लागिसकेको छ’ भनेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई खै त जिबी राई भनेर प्रश्न गरेका छन् । उनले गृहमन्त्री रवि लामिछानेको यस्तो अभिव्यक्तिको आलोचना समेत गरेका छन् ।
लामिछानेले चितवनमा पुगेर जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका थिए । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै महामन्त्री शर्माले गृहमन्त्री लामिछानेको उक्त अभिव्यक्तिको चर्को आलोचना गरेका हुन् । महामन्त्री शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ ।
त्यसेले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ रु अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो रु’ । उनले भने , एउटा देशको फरार अभियुक्त कहाँ छन् भनेर खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौँ भन्छ।सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ।
सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् तर गोपनीयता खोल्दैनन् ।तर हाम्रो गृहमन्त्रीले गोप्य सूचनाको राजपत्रमा प्रकाशित गरिनुबाहेक मिडियामा बिस्कुन सुकाउनुहुन्छ।उनले देशलाई जिबीको लोकेशन चाहिएको होइन जिबी राई नै चाहिएको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे