
काठमाडौँ , ७ असार | आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।
चियापान समारोहमा प्रधानमन्त्री पुष्प कमल दाहाल ,एमाले अध्यक्ष केपी शर्मा ओली ,सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठल , जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी भएका छन्।
चियापानका अवसरमा रास्वपाले उद्यमशीलता प्रवर्द्धन गर्ने उदेशयले प्रदर्शनी स्टल पनि राखेको छ। चियापान कार्यक्रममा सहभागी प्रधानमन्त्रीसहित मन्त्रीहरूले ती प्रदर्शनी स्थलको अवलोकन गरेका थिए। चियापन कार्यक्रम अपराह्न ५ बजेसम्म चल्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे