
काठमाडौँ , ६ असार | उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जिबी राईको कहाँ छन् भन्ने पत्ता लागिसकेको बताएका छन्। जिबी राईविरुद्ध दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका छन् ।
श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेशन कन्फर्म भएको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए ।
लामिछानेले मलेसियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भएको समेत बताए। गृहमन्त्री लामिछानेले भने , ‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो, मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे