
काठमाडौँ , ५ असार एमालेले प्रमुख सचेतक महेश कुमार बर्तौलाले दुग्ध उत्पादन किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावण तत्काल बनाउन माग गरेको छ। बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेकपा एमालेका प्रमुख सचेतक बर्तौलाले सरकारसँग यस्तो माग गरेका हुन् ।
बर्तौलाले प्रहरीले दुग्ध किसानमाथि आज गरेको व्यवहार अमर्यादित भएको र उनिहरुले भुक्तानी नपाउँदा उनीहरू पीडित बनेको बताएका छन् । दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए।
सोही क्रममा प्रहरीले ४५ जना भन्दा बढी किसानलाई पक्राउ समेत गरेको छ । उनले भने , दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए।
सो क्रममा प्रहरीले उनीहरूमाथि धरपकड गरी ४५ जना भन्दा बढी किसानलाई पक्राउ समेत गरेको थियो। राज्यको तर्फबाट तिर्नुपर्ने र निजी डेरीको तर्फबाट किसानहरूले पाउनुपर्ने दूधको भुक्तानी बक्यौता अभिलम्ब भुक्तानी गर्न उनले कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे