
धादिङ, जेठ ३२ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको भे १ ख ४०६० नम्बरको यात्रुबहाक बस बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा त्रिशुली नदी किनारमा खसेको हो ।
आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएका थिए ।बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । सवारी दुर्घटनामा परी घाइते भएका २० जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे