
काठमाडौँ, जेठ ३१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जाल नेपालमा चलाउँदा आपत्ति नहुने बताएको छन् । सिंहदरबारमा आज ९बिहीबार० बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सञ्चारमन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयन्त भइरहेको बताइन् ।
उनले समाजमा अमर्यादित गतिविधिलाई महत्त्व दिनेगरी टिकटकमा सामग्री उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताइन् । उहाँले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्नु आवश्यक रहेको र सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भइसकेको अब यस बिषयमा संसदीय समितिमा व्यापक छलफल हुने विश्वास उनले व्यक्त गरिन् ।
शर्माले सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वय, अनुगमनका साथै नागरिकको सूचनामा सहज पहुँचका लागि पनि ध्यान दिइएको उल्लेख गरे । टिकटक नाममा समस्या नभई कन्टेनमा समस्या रहेको भन्दै नेपालको नियम कानुन र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भई स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने उनको भनाइ थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे