
काठमाडौँ , ३१ जेठ | आईसीसी टी – २० विश्वकप २०२४ मा वेष्टइन्डिजले न्यूजिल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ । ब्रेन लारा स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ९ विकेट गुमाएर १४९ रन बनाएको हो। वेस्ट इन्डिजका लागि शेरफन रुथफोर्डल नट आउट रहँदै सर्वाधिक ६८ रनको योगदान गरे भने अन्य कुनैपनि खेलाडीले २० रन पनि कटाउन सकेनन्।
ब्रान्डन किङ ९ रनमा, जोनसन चार्ल्स र रोस्टन चेस शून्यमा, अल्जारी जोशेफ ६ रनमा र कप्तान रोवमन पवेल एक रनमा आउट भए। निकोलस पुरनले १२ बलमा ३ चौका हानेर १७ रन बनाए। न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथी र लोकी फर्गुसनले दुई तथा जेम्स नीशाम र मिचेल स्यान्टनरले एकरएक विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे