
काठमाडौँ, जेठ ३० । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गरेकी छन् ।
गत जेठ २७ गते अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि पुलमा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार गरिएको तर दुईवटा खच्चडको भने मृत्यु भएको थियो । संसद रानाले खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गर्न आगह गरेकी छन् ।
पुलको लट्ठा चुँडिएकाले पञ्चदेवल विनायक नगरपालिका–९ का राकुल ,चिल्ताडा, भानाकोट, तामकोट,भाटगाउँ बस्तीको नजिकको बजार खिड्की जीउँला र राकम रहेकाले त्यस ठाउँका नागरिकलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा समस्या भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे