
काठमाडौं , २७ जेठ ।क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटीले केपियु एजेन्ट एप्रिसियसन इभेन्ट सम्पन्न गरेको छ । जुन ६ तारिका दिन आयोजन गरिएको उक्त इभेन्टमा, एजेन्ट, पार्टनर्स तथा शैक्षिक परामर्श व्यवसायीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट एजेन्टहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उत्कर्ष भारद्वाजले केपियु नेपाली विद्यार्थीहरुको उल्लेखनीय उपस्थिती रहेको जसको मुख श्रेय नेपालमा रहेका एजेन्ट, पार्टनस तथा शैक्षिक परामर्श व्यवसायीहरुको अथक योगदान रहेको उल्लेख गर्दै भविष्यमा पनि साथ र सहयोगको निरन्तरताको लागी आग्रह गर्नु भयो ।
त्यस्तै कार्यक्रममा इन्टरनेसनल एसोसिएट भाइस प्रेसिडेन्ट कोरोल सेन्ट लोरेन्टले कार्यक्रममा नेपाली एजेन्ट, पार्टनस तथा शैक्षिक परामर्श व्यवसायीहरुको उल्लेखनीय उपस्थित र प्रयासको प्रशंसा गर्नु भयो ।
उहाँले भविष्यमा पनि आफनो उत्कृष्ट एजेन्ट, पार्टनसहरुलाई सम्मान गर्दै सहकार्य गर्दै जाने धारण व्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रममा उत्कृष्ट एजेन्टको रुपमा पुरस्कृत एजेन्ट, पार्टनस तथा शैक्षिक परामर्श व्यवसायीहरुले केपियुलाई धन्यवाद व्यक्त गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे