
काठमाडौँ २४ जेठ | नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले काठमाडौंको न्यूरोडमा फुटपाथ बढाउन जरूरी रहेकाले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई काम गर्न दिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् ।
उनले सङ्घ सरकार स्थानीय सरकारसँग संवेदनशील हुनुपर्ने बताएका छन् । शर्माले भने , ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरूरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ,’ ।
उनले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आरोप लगाएको विषय उठान गर्दै उक्त जग्गा प्रकरणको फाइल खोलेर देखाउन च्यालेन्ज गरेका हुन् ।
‘म गृहमन्त्रीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्नको लागि गिरीबन्धुको फाइल खोल्न तपाईं तयार हुनुहुन्छ ? ,’ उनले भने ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे