
काठमाडौं, २३ जेठ ।आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ ।
‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खोजेको छ । सन् १९७३ देखि विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिनका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका मानिस द्वारा सिर्जित विविध समस्याले पारेको असर न्युनिकरण गर्दै वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिदै एक सन्देह जारी गरेका छन्।
यस अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने सन्देश दिएका छन् ।
‘मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ, त्यसलाई पुनःस्थापित गर्न प्रकृति मुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ,उनले शुभकामना सन्देशमा भनेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे