
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान सत्ता गठबन्धनभन्दा बाहिर जाने सम्भावना नरहेको बताएका छन् । माधवकुमार नेपाल बुधबार विपक्षी दलहरूको बैठकमा सहभागी भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
प्रचण्डले भने , ‘माधवजी प्रमुख प्रतिपक्षी दल कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यति असहज ठानेको छैन , मेरो बिहान मात्रै कुरा हुँदा माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुँदैन भन्ने कुरा क्लियर गर्नुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवास बूढानीलकण्ठमा बुधबार अपराह्न ५ बजे राखेको छलफलमा नेपाल सहभागी भएका थिए।
उक्त छलफलमा देउवासहित कांग्रेसका अधिकांश पदाधिकारी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे