
का ठमाडौँ १६ जेठ | उपप्रधानम एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ ।
रिट निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगत गर्न निवेदन दिएकाले आजको सुनुवाइ स्थगित भएको हो । बुधबार सर्वोच्च अदालतका न्यायाधीशसुनिलकुमार पोखरेलको एकल इजलासमा उक्त रिटमा सुनुवाइ तोकिएको थियो ।
गत वैशाख २४ गते महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी र जाहेरी नपरेको पत्र दिएको थियो। अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमढिा पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे