
काठमाडौँ , १६ जेठ | मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । महाशाखाले तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले अनावाश्यक घर बाहिर निस्कन आग्रह गरेको छ ।
महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको बताएको छ । तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । तराई क्षेत्रमा गर्मी बढ्न थालेपछि विभिन्न पालिकाले विद्यालय बन्द गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे