
काठमाडौँ, जेठ १३ । सरकारले आर्थिक वर्ष २०८१ र ०८१ को बजेट जेठ १५ गते दिउँसो १ बजे ल्याउने भएको छ। प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट सोको जानकारी दिएका हुन् । बजेट भाषणका लागि जेठ १५ गते दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको सभामुख घिमिरेले जानकारी दिए।
सभामुख घिमिरेले अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने जानकारी दिए। सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने बताए ।
बजेट भाषणका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे साथै बजेट भाषणपछि अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठक बस्ने पनि जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे