
काठमाडौँ, जेठ ११ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आज सँग शुक्रवार बिहान राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच भेट भएको हो ।
भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका छन् । भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको र संसद्मा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे