
काठमाडौँ , ९ जेठ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ। सिरोहियालाई आज म्याद थपका लागि अदालत उपस्थित गराइन लागेको हो । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा छन् ।
उनलाइै आज बिहान धनुषा ल्याइएको छ । मङ्गलवार कान्तिपुरको कार्यालयबाटै उनी पक्राउ परेका थिए । जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो। सिरोहियाको नागरिकतामाथी प्रश्न उठाउदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो। प्रहरीले पक्राउ पुर्जी जारी नगरी सिरोहिया अदालत गएका थिए।
१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे