
काठमाडौँ , ८ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
आज सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री दाहालको सम्पति चितवनमा १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात रहेको छ। पत्नी सीता दाहालको नाममा रहेको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठा जमिन पैतृक सम्पत्ति रहेको सम्पति विवरणमा उल्लेख छ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा पत्नी सीता दाहालको नाममा रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री दाहालसंग पाँच तोला सुन रहेको ,त्यो सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्री दाहालको सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे