
काठमाडौँ, जेठ ४ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित भएको छ । दलीय सहमति जुटाउँन नसक्दा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो।हिजो बैठकमा नेपाली काँग्रेसका सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न आएका थिए ।सत्तापक्षका सांसदहरु समेत उठेर प्रतिपक्षि सांसदहरुको प्रतिवाद गर्न थालेपछि संसद बैठकलाई सभामुखले शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको थियो ।
सहकारीमा ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने काँग्रेसले माग राखेको छ । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसका विरोधका कारण उनले बोल्न पाएनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे