
काठमाडौँ, जेठ १ । क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ ।उच्च अदालत पाटनमा आजका लागि पेशी तोकेको छ । वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पहिलो नम्बरमा परेको भए पनि हेर्न नमिल्ने भन्दै छोडेको थियो ।
जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे