
काठमाडौँ, ३१ बैशाख ।माछापुच्छ्रे आईबी वल्र्ड स्कुलमा भर्ना भएका विद्यार्थीहरुको स्वागत तथा सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम मे १२ मा विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो र विद्यार्थी र अभिभावक दुवैको ठूलो सहभागिता रहेको थियो।
कार्यक्रममा स्कुलका प्रिन्सिपल होमनाथ आचार्यले उपस्थित विद्यार्थी तथा अभिभावकहरुलाई स्वागत गर्दै विद्यार्थीहरुको उज्ज्वल भविष्य सुनिश्चित गर्न स्कुलले आफ्नो शैक्षिक गुणस्तरमा सुधार गरेको र निकट भविष्यमा नयाँ कार्यक्रमहरु ल्याउदै जाने बताए ।
त्यसैगरी कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीहरुले माछापुच्छ्रे आईबी वल्र्ड स्कुलले प्रदान गरेको शैक्षिक कार्यक्रमबाट आफुहरु निकै प्रभावित भएको बताउँदै विद्यालयप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट र सफल सहभागिताको लागि सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे