
काठमाडौं , वैशाख २७।कोरियन एजुकेसनल कन्सल्टेन्सी एसोसियसन अफ नेपाल किक्यानले इन्साईड इन्टु कोरियन एजुकेसन कार्यक्रम सञ्चालन गरेको छ ।
जसका कोरियन एजुकेसन सिस्टम, इन्टरनेसन्ल स्टुडेन्टहरुलाई प्रदान गरिने विभिन्न सुविधा तथा अवसरहरुको बारेमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थिती अथितिहरुलाई संस्थाका अध्यक्ष, गणेश शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै कोरियन एजुकेसनको महत्व र विशेषताको बारेमा जानकारी गराउदै गरिमामय उपस्थितिको लागी धन्यवाद व्यक्त गरेका थियो ।
त्यस्तै कार्यक्रमका प्रमुख अथितीहरु डा. लुइ कि, डा. नम, इ सुग तथा प्रोफेसर लि युंग यिले आफनो कलेज तथा शैक्षिक संस्थामा उपलब्ध कोर्स, फयासीलिटीज, अप्लाई प्रोसेस तथा अध्ययन पश्चातको विभिन्न अवसरहरुको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।
कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा संस्थका सहसचिव ससिप्रसाद भटराईले धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे