
काठमाडौँ, २९ चैत ।राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ ८ वर्षको सेवापछि अवकाश पाएका छन् ।
उनलाई बुधबार एक कार्यक्रमका बीच बिदाइ गरिएको बैंकले जनाएको छ ।
सुरुमा २०७२ साल चैत २९ गते खुल्ला प्रतियोगिताबाट श्रेष्ठलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो र पछि २०७६ साल चैत २९ गतेबाट दोस्रो कार्यकालका लागि पुनः नियुक्ति भएको थियो ।
तसपछि बुधबारबाट बिदाइ भएका छन् ।
बैंकले कामुको जिम्मेवारी नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) देवेन्द्ररमण खनाललाई दिएको घोषणापत्रमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे