
काठमाडौँ, चैत २७ । हिजो सोमबार सुनको मूल्य हालसम्मकै उच्च रहेको थियो । हिजो छपावाला सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार तीन सय रहेको छ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार सय ८५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे