
काठमाडौं, चैत २३। नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला एक हजार रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार ६ सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे