
काठमाडौँ , २१ चैत | नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सोमबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ हिजो अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ घटेको थियो ।
मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँ रहेको छपावाला सुन आज प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।
जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे