
काठमाडौँ, चैत १ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार थियो । आज प्रतितोला आठ सय बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार आठ सय कायम रहेको छ ।
हिजो बुधबार प्रतितोला एक लाख २४ हजार चार सय रहेको तेजावी सुनको आज आठ सयले बढेर प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य हिजोको तुलनामा प्रतितोला ५० रूपैयाँले बढेर एक हजार पाँच सय १५ तोकिएको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे