
काठमाडौँ, २५ मंसिर । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय रूपैयाँ ५० मा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे