
जाजरकोट , मङ्सिर १४| जाजरकोटमा चिसोको कारण तीन वर्षीया बालिकाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका– १ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । गत कात्तिक १७ गते गएको भूकम्पपछि जाजरकोटका जनता पालमुनि बस्दै आएका छन् ।
वादीलाई चिसोले निमोनिया भएपछि अस्पताल लैजाने क्रममा निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए। भूकम्पपछि सुनीलको परिवार त्रिपालमुनि बस्दै आएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे