• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

१ घण्टा अघि
२

पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी

१ घण्टा अघि
३

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

१७ घण्टा अघि
४

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

१७ घण्टा अघि
५

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

२0 घण्टा अघि
६

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

२१ घण्टा अघि
७

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

२१ घण्टा अघि
८

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

२३ घण्टा अघि
९

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

२३ घण्टा अघि
१०

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

२३ घण्टा अघि
११

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

२३ घण्टा अघि
१२

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार (२ साल अघि)

भूकम्पले मेटिँदै जाजरकोट दरबारको अस्तित्व

  • 3,734 Views
  • जाजरकोट, कात्तिक २४ । वि.सं.१९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार वि.सं.१८५२ मा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रो पटक हो ।

    यस पटक दरबार चर्किएको मात्र छ ।यसअघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवै पटक दरबार पुनः निर्माण गरिएको थियो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ । पर्यटकीय गन्तव्यका रुपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।

    “दुई पटक भत्किसकेको दरबारमा अहिले पनि उस्तै जोखिम निम्तिएको छ, जिल्लाको इतिहासलाई जोगाउन यसलाई जोगाउनैपर्ने हुन्छ”, उहाँ भन्नुहुन्छ, “जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनः निर्माण गरिएको थियो, अब यसरी समयमै पुनः निर्माण गर्न पनि सहज छैन ।”

    यसभन्दा ९० वर्षअघि १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्णरुपमा भत्किएको थियो । उक्त भुइँचालोबाट आठ हजार पाँच सयभन्दा बढी नागरिकको ज्यान गएको थियो । जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्याङ्क छैन । नब्बे वर्षअघिको उक्त भुइँचालोलाई दरबारमा क्षति पुर्याउने शक्तिशाली विपदका रुपमा जाजरकोटवासीले लिन्छन् ।

    सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुभन्दा अघि १८५२ सालमा निर्माण गरिएको हो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबार निर्माण गरिएको थियो । त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रुपमा छ ।

    यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा सङ्घीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ । रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका जानकार राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

    यो दरबार सुरुमा बनाउँदा पनि जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । यसका लागि राजाले जनताले श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए । राजा इन्द्रनारायणका पालामा यो दरबार कति तलाको थियो भन्ने यकिन जानकारी भने छैन ।

    “कसैले सात तलाको भन्छन्, धेरैजसोले पाँच तलाको मात्र हो भनेर दाबी गरेका छन्”, शाहले भन्नुभयो, “जे होस् अहिलेको भन्दा अग्लो थियो, भूकम्पको क्षतिपछि पुनः निर्माण गर्दा भने तीन तलामा झारिएको हो ।” यो दरबारको पुनः निर्माण गर्दा भक्तपुरबाट नेवार समुदायका इन्जिनियर बोलाइएको थियो ।

    “यसमा प्रयोग भएका झ्यालको कला र स्वरुप हेर्दा सुरुकै स्वरुपमा निर्माण भएको देखिन्छ, तर अहिले यसका धेरै मौलिक स्वरुप अस्तित्वमा छैनन्”, उहाँले भन्नुभयो, “सरकारले रेखदेखको राम्रो व्यवस्था गर्न नसक्दा यो हराएको हो ।” जाजरकोट दरबारले दोस्रो पटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो ।

    उदयपुर केन्द्रबिन्दु रहेको उक्त वर्षको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो । यसलाई २०५१ सालमा पुनः निर्माण गरिएको हो । त्यो भूकम्पले दरबारमा क्षति पुगे पनि मानवीय क्षति भने जाजरकोटमा नभएको शाहले बताउनुभयो ।

    तीन पटक भूकम्पीय क्षति भोगेको जाजरकोट दरबारबाट इन्द्रनारायणपछिका सात जना राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाशविक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए ।

    जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत २०१७ सालदेखि नै सरकारी कामकाज हुँदै आएका थिए । प्रकाशविक्रमदेखि पछिका राजा २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए । २०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजारमा जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिकारुपमा परिणत भएको शाह बताउनुहुन्छ ।

    “यो दरबार ऐतिहासिक र पुरातात्विक हिसाबले निकै महत्वपूर्ण छ, यो जाजरकोटको मात्र नभएर सिङ्गो कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो”, उहाँले भन्नुभयो, “यसको मौलिकता, इतिहास र पुरातात्विक महत्व सुरक्षित हुने गरी पुरानै स्वरुपमा भूकम्पप्रतिरोधी बनाउनुपर्छ ।” अहिले सञ्चालमा रहेको जिल्ला प्रशासन कार्यालयलाई आफ्नो भवन बनाएर सार्नुपर्ने उहाँको भनाइ छ ।

    सरकारी कार्यालय रहँदा यसको इतिहास मेटिँदै जाने तर्क उहाँको छ । यसपटकको भूकम्पले जाजरकोट दरबारसँगै त्यतिबेलाकै स्वरुपमा बनेका अरु ऐतिहासिक घर पूर्णरुपमा भत्किएका छन् । खलङ्गाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका ती दुईवटा घरलाई स्थानीयले दरबार भन्ने गरेका छन् ।

    ती दुई घरमध्ये एउटा जाजरकोटी राजा जङ्गबहादुर शाहका छोरा समरध्वज, रणध्वज र सुरबहादुर शाहले १९४२ सालमा जाजरकोटी जनाताको सहयोगमा बनाएका थिए । अर्को घर जङ्गबहादुरकै छोरा शक्तिवद्र्धन, अमरबहादुर, नरशम्शेर र नरजङ्ग शाहले १९५० सालमा बनाएका हुन् ।

    दरबारकै रुपमा चिनिने यी घर राज्य सञ्चालनका लागि भन्दा पनि जाजरकोटी राजाका भाइ-छोरा बस्नका लागि भनेर दरबारकै स्वरुपमा बनाइएको थियो । राजाका भाइ-छोरा धेरै भएर उनीहरुका आवास व्यवस्थापनका लागि ती घर बनेको शाह बताउनुहुन्छ । दरबार आसपासमा बनेका पुराना भौतिक संरचना पनि यसपटकको भूकम्पले तहसनहस भएका छन् । ती संरचना पनि मौलिक स्वरुपमा छन् ।

    “जाजरकोट राज्यमा एकजना मन्त्री राख्ने र राज्यमन्त्रीको रुपमा काम गर्नेलाई काजी भनिन्थ्यो, राज्यमा काम गर्नका लागि तोकिएका मन्त्री अर्थात् काजीको जिम्मेवारी पाएका व्यक्ति र तिनका परिवार जाजरकोट राजाको दरबारको छेउमै बस्ने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “उनीहरुले घर बनाउँदा पुरानै स्वरुप अपनाएको हुन सक्छ, त्यतिबेलाका मन्त्री र काजीको विशेष सुविधाको पूर्ति जनताबाटै उठाइएको करबाट व्यवस्था हुन्थ्यो ।” रासस 

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती
    १ घण्टा अघि

  • २

    पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी
    १ घण्टा अघि

  • ३

    वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु
    १७ घण्टा अघि

  • ४

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता
    १७ घण्टा अघि

  • ५

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    २0 घण्टा अघि

  • ६

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    २१ घण्टा अघि

  • ७

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    २१ घण्टा अघि

  • ८

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    २३ घण्टा अघि

  • ९

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    २३ घण्टा अघि

  • १०

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    २

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ३

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ४

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ५

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा
    ६

    ५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution