• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ९, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो

१0 घण्टा अघि
२

धुलिखेल–खावा सडक निर्माण तीव्र बनाउन असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक

१२ घण्टा अघि
३

रास्वपा प्रवेश गरेपछि कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त

१२ घण्टा अघि
४

प्रेस काउन्सिलको चेतावनी: आचारसंहिता उल्लङ्घन नगर्नू

१३ घण्टा अघि
५

रास्वपा महाधिवेशन:प्रतिनिधिलाई कार्ड वितरण, एक बजेबाट बन्दसत्र सुरु हुने

१३ घण्टा अघि
६

विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो दुई महत्वपूर्ण बैठक

१४ घण्टा अघि
७

जोर्डनलाई २–१ ले हराउँदै अल्जेरिया विजयी

१४ घण्टा अघि
८

विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

१४ घण्टा अघि
९

गर्मी छल्न नेपाल रोज्दै भारतीय पर्यटक, पोखरामा बढ्यो चहलपहल

१४ घण्टा अघि
१०

विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध भएको एमालेको आरोप

१५ घण्टा अघि
११

रास्वपा महाधिवेशन: उम्मेदवारीका लागि प्रस्तावक–समर्थकको मापदण्ड सार्वजनिक

१५ घण्टा अघि
१२

पशुपति, स्वयम्भू र बौद्धनाथ क्षेत्रका जग्गामा स्वामित्व विवाद कायम

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० कार्तिक १२, आईतबार (२ साल अघि)

नेपालको बिजुली भारतमा स्वच्छ ऊर्जा

  • 2,594 Views
  • काठमाडौँ, कात्तिक १२  । नेपालको स्वच्छ ऊर्जालाई भारत सरकारले स्वच्छ ऊर्जा गणनामा समावेश गर्ने नीतिगत व्यवस्था गरेको छ । छिमेकी मुलुकको विद्युत् खरिदमा थप लचक बन्दै भारत सरकारको विद्युत् मन्त्रालयले त्यहाँको सरकारी राजपत्र ‘भारतका राजपत्र’ मा सूचना प्रकाशित गर्दै भारतमा विद्युत् बिक्री अनुमति प्राप्त छिमेकी मुलुकमा उत्पादित स्वच्छ ऊर्जालाई भारतका सार्वजनिक तथा निजी विद्युत् वितरक कम्पनीको स्वच्छ ऊर्जा गणनामा समावेश गर्न सकिने व्यवस्था गरेको हो ।

    यो निर्णयले नेपाल र भुटानबाट स्वच्छ विद्युत् खरिद गरेर स्वच्छ ऊर्जा गणनामा समावेश गर्न पाउने भएका छन् । यसअघि यस्तो गणनामा भारतभित्रको स्वच्छ विद्युत्लाई मात्र समावेश गर्न पाउने व्यवस्था थियो । भारतले समग्र ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको अंश बढाउँदै लैजानुपर्ने भएकाले यस्तो व्यवस्था गरेको हो । यसबाहेक नेपालको जलविद्युत् क्षेत्रमा भारतीय लगानी बढ्दै गएकाले पनि विद्युत् खरिदका प्रावधानलाई क्रमिक रूपले लचिलो बनाउँदै गएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा पनि १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रारम्भिक सम्झौता गरेको थियो । सो सम्झौतालाई त्यहाँको मन्त्रीपरिष्दले पनि स्वीकृत गरिसकेको छ । अन्तिम सम्झौता गर्न दुवै देश अहिले आन्तरिक गृहकार्यमै छन् । भारतको विद्युत् मन्त्रालयले कात्तिक ३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२५ देखि २०२९–३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । जसमा वायु, जलविद्युत्, वितरीत र अन्य नवीकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ ।

    भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनी र खरिदकर्ताका लागि तोकिएको अनिवार्य नवीकरणीय विद्युत् खरिद (एचपिओ) को न्यूनतम हिस्सा सन् २०२४–२५ मा २९.९१ प्रतिशत र सन् २०२९–३० सम्ममा बढाएर ४३.३३ प्रतिशतको लक्ष्य तोकिएको छ । यसमध्ये जलविद्युत् खपत हिस्सा सन् २०२४–२५ मा ०.३८ प्रतिशत र सन् २०२९–३० सम्ममा बढाएर १.३३ प्रतिशतको लक्ष्य पुग्नुपर्ने हुन्छ । यसका लागि आगामी चैत १८ गतेपछि सञ्चालनमा आएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई मात्र गणना हुने व्यवस्था गरिएको छ । तोकिएको एचपिओको हिस्सा पु¥याउनैपर्ने र नपु¥याउने वितरण कम्पनी तथा विद्युत् खरिदकर्तालाई जरिवाना हुने व्यवस्था गरिएको छ । यो व्यवस्थाले नेपालमा निर्माण सम्पन्न हुने तयारीमा रहेका तथा नयाँ जलविद्युत् आयोजनाका लागि भारतीय बजारका लागि थप सुनिश्चितता मिलेको नेपाली ऊर्जा उद्यमीको ठहर छ ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाका अनुसार यो निर्णयले नेपालका ऊर्जा उद्यमीलाई सकारात्मक ऊर्जा प्रदान गरेको छ । “देशभित्र खपत अपेक्षाकृत बढ्न नसकेको अवस्था र निर्यात पनि क्षमता अनुसार पर्याप्त हुन नसकेको अवस्थामा नयाँ जलविद्युत् आयोजनालाई लक्षित गर्दै यस्तो नीतिगत व्यवस्था हुनु उत्साहजनक छ,” उहाँले भन्नुभयो, “अब संसद्मा रहेको विद्युत् विधेयकले ऐनको रूप लिनासाथ नेपालको निजी क्षेत्र र भारतको निजी क्षेत्रले समेत सिधै विद्युत् व्यापार गर्न सजिलो हुने छ ।”

    इप्पानकै अग्रसरतामा स्थापित नेपाल पावर एक्सचेन्ज (नेपेक्स) ले भारतका विभिन्न विद्युत् खरिद बिक्री कम्पनीसँग करिब दुई हजार पाँच सय मेगावाट विद्युत् बिक्रीका लागि समझदारी गरिसकेको छ । यद्यपि नेपेक्सले निर्यातको अनुमति पाएको भने छैन । प्रस्तावित विद्युत् विधेयकमा निजी क्षेत्रलाई विद्युत् निर्यातको अनुमति दिने प्रावधान राखिएको छ । आजको गोरखापत्र दैनिकबाट

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो
    १0 घण्टा अघि

  • २

    धुलिखेल–खावा सडक निर्माण तीव्र बनाउन असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक
    १२ घण्टा अघि

  • ३

    रास्वपा प्रवेश गरेपछि कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त
    १२ घण्टा अघि

  • ४

    प्रेस काउन्सिलको चेतावनी: आचारसंहिता उल्लङ्घन नगर्नू
    १३ घण्टा अघि

  • ५

    रास्वपा महाधिवेशन:प्रतिनिधिलाई कार्ड वितरण, एक बजेबाट बन्दसत्र सुरु हुने
    १३ घण्टा अघि

  • ६

    विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो दुई महत्वपूर्ण बैठक
    १४ घण्टा अघि

  • ७

    जोर्डनलाई २–१ ले हराउँदै अल्जेरिया विजयी
    १४ घण्टा अघि

  • ८

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा
    १४ घण्टा अघि

  • ९

    गर्मी छल्न नेपाल रोज्दै भारतीय पर्यटक, पोखरामा बढ्यो चहलपहल
    १४ घण्टा अघि

  • १०

    विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध भएको एमालेको आरोप
    १५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    २

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    ३

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ४

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ५

    विदेशमा कमाएको पैसा कहाँ हरायो ? ३३ करोड अझै सरकारको खाताबाहिर !

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution