
काठमाडौं, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी सरकार निर्माणमा तटस्थ बस्ने निर्णय गरेको छ । सरकार गठन प्रक्रियालाई लिएर शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।
बैठकमा कोशी प्रदेशको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावको विषयमा गम्भीर समीक्षा भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । कोशीमा दुवै पक्षले बहुमत दाबी रहेकाले राप्रपाको आवश्यकता नभएको निष्कर्ष निकालेको उनले बताए ।
सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनले राप्रपाको साथ खोजेको थियो । तर बिहीबार कांग्रेसको शेखर पक्षले विद्रोह गरेपछि राजनीति अर्कै मोडमा पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे