
काठमाडौ,२१ असोज। नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे