
काठमाडौ , ३ असोज। नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।
गत शुक्रबारदेखि बढ्ने क्रममा रहेको सुन मूल्य यसदिन घटेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।आज चाँदी प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे