
काठमाडौं, १२ भाद्र । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ट्रक पल्टिदा १७ वटा भैँसी र पाडा मरेका छन् ।
कपिलवस्तुको चनौटाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९२२७ नं. को ट्रक बिहान सवा ६ बजे नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा दुर्घटना भएको छन् ।
भैँसी र पाडा लोड गरी ल्याएको ट्रक खाल्डोमा परि पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । ट्रकमा रहेका भैँसी र पाडामध्ये १९ वटा मरेका छन् ।
११ वटा भैँसी र पाडा भने जीवितै रहेका छन् । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
मरेका भैँसी र पाडालाई खाल्डो खनेर पुर्नका लागि स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे