
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘ह्वाइट हाउस डिनर’ कार्यक्रमका क्रममा अचानक तनावपूर्ण अवस्था सिर्जना भएको छ। कार्यक्रम चलिरहेकै बेला सुरक्षा खतरा देखिएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तुरुन्तै मञ्चबाट हटाएर सुरक्षित स्थानमा लगेका थिए।
बीबीसीका अनुसार सो समयमा शंकास्पद व्यक्तिबाट गोली चलेको जस्तो आवाज सुनिएपछि सुरक्षा निकाय सक्रिय भएको थियो। त्यसपछि उक्त व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाइएको छ। घटनापछि ट्रम्पले पनि आक्रमणकारी पक्राउ परेको पुष्टि गरेका छन्।
कार्यक्रममा उपस्थित मानिसहरू केही समय डर र अन्योलमा परेका थिए। सुरक्षाकर्मीहरूले कार्यक्रम स्थल वरपर कडा सुरक्षा व्यवस्था मिलाएर थप अनुसन्धान सुरु गरेका छन्।
यस घटनामा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र अन्य मन्त्रीहरू सबै सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। ट्रम्पले सुरक्षाकर्मीहरूको कामको प्रशंसा गर्दै छिट्टै पत्रकार सम्मेलन गर्ने बताएका छन्। साथै, उनले डिनर कार्यक्रमको तालिका पनि परिवर्तन हुन सक्ने संकेत दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे