
काठमाडौं । पश्चिमी र स्थानीय वायुको असरका कारण अहिले देशका धेरै ठाउँमा मौसम बदली भएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा बादल लागेको छ भने सुदूरपश्चिमको तराईमा मौसम प्रायः सफा छ। केही ठाउँमा हल्का देखि मध्यम वर्षा र हिमपात भइरहेको छ।मौसम विभागका अनुसार आज दिउँसो पनि धेरै पहाडी र हिमाली क्षेत्रमा बादल लाग्नेछ र केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्छ। लुम्बिनीको तराईमा पनि थोरै वर्षा हुन सक्ने सम्भावना छ।
आज राति पनि पहाड र हिमालमा बदली रहनेछ भने तराईमा आंशिक बदली हुनेछ। केही ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ। यसैबीच देशभर तापक्रम बिस्तारै बढ्दै गएको छ, विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्ने भएकाले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे