
काठमाडौँ, २१ असार ।काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको म्यापल इन्टरनेशनल एजुकेशनले पोखरामा शाखा कार्यालय खोलेर सेवा सुचारु गरेको छ ।
बुधबार पोखराको चिप्लेढुंगामा एक कार्यक्रमका बिच शाखा कार्यालयको उद्घाटन गर्दै विधिवत् रुपमा सेवा सुचारु गरिएको हो ।शाखाको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले गरेका थिए ।
शाखाको उद्घाटन गर्दै पाण्डेले क्यानडा अध्ययनका लागि जान चाहने पोखराका विद्यार्थीहरुलाई ठूलो राहात दिने विश्वास व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रममा इक्यानका पूर्व केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डे, इक्यानका केन्द्रीय उपाध्यक्ष शेषराज भट्टराई, इक्यान कास्कीका अध्यक्ष रामेश थापाको उपस्थिति रहेको थियो ।
शाखा कार्यालय उद्घाटन समारोहमा विद्यार्थीको पनि बाक्लो उपस्थिति रहेको म्यापलले जनाएको छ ।
पोखरा शाखाको नेतृत्व अर्जुन गौडेलले गर्ने म्यापलका प्रमुख कार्यकारी अधिकृत इश्वर ढकालले बताए ।
१७ वर्षअघि स्थापना भएको म्यापल क्यानडा अध्ययनका लागि उत्कृष्ट शैक्षिक कन्सल्टेन्सी हो ।
काठमाडौंको पुतलीसडक, पद्मोदय मोडमा केन्द्रीय कार्यालय रहेको म्यापलले क्यानडा अध्ययन सम्बन्धि सहि परामर्श, स्तरिय डकुमेन्टेशन र सहज रुपमा भिसा एप्लाई गरिदिएर विद्यार्थीको मन जितेको छ ।
अध्ययनका लागि क्यानडा पुगेका विद्यार्थीहरु सन्तुष्ट भएकै कारण म्यापलले क्यानडा सम्बन्धि ब्राण्ड बनाउन सफल भएको छ।
विद्यार्थीको विश्वासले नै टिकेको म्यापलले पोखरामा पनि आफ्नो ब्राण्डलाई कायम राख्दै विद्यार्थीलाई राम्रो सेवा दिने विश्वास गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे