
काठमाडौँ , १ जेठ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुर्याइएको छ। खाँणको आज सरकारी वकिल कार्यालयमा बयान हुनेछ।
पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो । प्रहरीले चार दिनभित्र उनीहरुको बयान लिएर, अनुसन्धान प्रतिवेदन तयार गरेर वकिलको कार्यालयमा बुझाउनुपर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे