
काडमाडौँ , २८ वैशाख | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताएका छन्। च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्ता बताएका हुन । अदलाती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने उनले बताए ।
भ्रष्टाचारका विषयमा एकदिन छानविन हुनु नै थियो । अनुसन्धान अघि बढ्यो खुसी छु । दोषी छुट्नुहुन्न र निर्दोषी पर्नुहुन्न उनले भने ।ओलीले सरकारविरुद्ध कोही बोले कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास भइरहेको आरोप समेत लगाए ।
साथै उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन र बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको बताए ।
उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम माओवादी सरकारले एकलौटी रुपमा भ्रष्टाचार गर्न लागेको ओलीले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे