
धादिङ, २८ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आज बिहान बालुवाटार पुगेर देउवाले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको भोलिपल्ट सभापति देउवाले प्रधानमन्त्रीलाई भेटेका हुन्।
दुई नेताको भेटमा के कुरा भयो सो खुलाइएको छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवाका नजिकका मानिएका खाँण पक्राउ परेपछि देउवा तनावमा छन् । देउवा पत्नि पनि सो प्रकरणमा मुछिएपछि परिवारमा अहिले तनावको अवस्था रहेको आकलन गरिएको छ ।
हिजो बुधबार कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्रि द्धय गगन थापा र विश्वप्रकाश शर्माले खांडलाई निलम्बन गनुपर्ने बताएका थिए । तर, देउवा भने मौन बस्दा उक्त बैठक निष्कर्षविहिन टुङगिएको थियो । बैठक आज पनि बोलाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे