
काठमाडौँ ,२७ वैशाख | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताएका छन् । यस प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने उनले बताएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुनु ।अहिलेसम्म भइरहेको कामको उनले उनले प्रशंसा समेत गरे । उनले भने , “अहिलेसम्म जे भएको छ म सरकारको प्रशंसा गर्छु । प्रधानमन्त्री, गृहमन्त्रीलाई यो सन्दर्भमा मेरो तर्फबाट हार्दिक बधाई छ । ”
उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेके सुशासनको नारा लगाउन सक्ने बताए ।
यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो फिल्म चल्ने र हाउसफुल समेत हुने उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे