
काठमाडौँ , २५ वैशाख । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको हो।
आइतबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ३ सय ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कारोबार भईरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे