
काठमाडौँ, वैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार पनि भेटवार्ता हुँदैछ । हिजो बिहिबार पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबिच सिंहदरबार भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्रीसँग ओलीले भेटवार्ता गर्ने भएका हुन् ।
अध्यक्ष ओलीले र प्रधानमन्त्री प्रचण्डबीच नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा छलफल भएको थियो । भेटमा एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउनेलाई कारबाही हुनुपर्ने बताएका थिए ।
उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरेका थिए । ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताए ।
निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो । ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको समेत बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे