
काठमाडौँ, वैशाख २१ । पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो । रायमाझी नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करौडौं ठगी गरेको प्रकरणमा संलग्न रहेको आशंकामा रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।
टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार साँझ बुटवलबाट पक्राउ गरिएको बुझिएको छ । पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे