
काठमाडौँ, वैशाख २१ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज अपराह्न २ बजे विश्वासको मत लिँदै छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको समर्थनमा कांग्रेस संसदीय दलका नेता पाण्डे यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे