
काठमाडौँ, वैशाख २० | दार्चुलाको व्याँस गाउँपालिका १ छाङरुस्थित भोलुम डाँडामा हिम पहिरोमा परी बेपत्ता ५ जनाको पहिचान खुलेको छ ।बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो ।हिरोमा परेर मङ्गलवार दिउँसो २: ४५ बजेतिर यार्सागुम्बा टिप्न गएका १२ जनामध्ये सात जना सम्पर्कमा आएका छन् ।
उक्त हिम पहिरोमा परी दुँहु गाउँपालिका-४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर पनि बेपत्ता भएका छन् । उक्त क्षेत्रमा हिमपात भइरहेको छ ।
यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे