
काठमाडौं , १९ बैशाख । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो । आज २ सय रूपैयाँले घटेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोल १ हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे