
काठमाडौं , वैशाख १२ । साताको तेस्रो दिन आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । आज तोलामा ४ सय रूपैयाँ ले बढेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदी प्रतितोला १ हजार ४२० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे